कोशीमा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोशीमा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति


८ माघ २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकार्य गर्ने सहमति भएको छ । एमालेले अन्य तर्फका उम्मेदवार परशुराम अधिकारीलाई ब्याक गराएर राप्रपाका उद्धव पौडेललाई सहयोग गर्ने सहमति भएको हो ।

एमालेले अब अन्यतर्फ राप्रपाका पौडेललाई सहयोग गर्ने र महिलातर्फ एमालेकी रुक्मिणी कोइरालालाई सहयोग गर्ने दुई दलबीच सहमति जुटेको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस