अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी


७ माघ २०८०, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

 १५ वर्ष पुरानो एक हत्याको घटनामा जिल्ला अदालत सुर्खेतले सो पुर्जी जारी गरेको हो । 

प्रहरीले खनुमती मागेपछि कालीकोटका राजबहादुर मल्लको हत्या आरोपमा जाहेरी परेपछि जिल्ला अदालतले सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए । 

‘पुरानो घटनामा जाहेरी आएको आएको रहेछ, त्यसमा प्रहरीले अनुमति माग्यो, ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ’, रावले भने । 

२०६५ साल फागुन २६ गते कालिकोटको मल्लको हत्या घटनामा कालिकोटको महावै गाउँपालिकाकी सिंह, पदमबहादुर रावत, बालकृष्ण सिंह, टङ्कबहादुर सिंह, वीरबहादुर मल्ल र अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस