संसद्को महासचिव नियुक्ति सिफारिसबारे राष्ट्रपतिलाई सभामुख र राष्ट्रिय सभा अध्यक्षको स्मरणपत्र « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

संसद्को महासचिव नियुक्ति सिफारिसबारे राष्ट्रपतिलाई सभामुख र राष्ट्रिय सभा अध्यक्षको स्मरणपत्र


७ माघ २०८०, आइतबार


काठमाडौँ । संसद्को महासचिव नियुक्तिका विषयमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरणपत्र पठाएका छन् । सभामुख र अध्यक्षले २५ मङ्सिरमा सङ्घीय संसद्को महासचिवमा पदमराज पाण्डेयलाई गरेको सिफारिस बारे राष्ट्रपति पौडेलले हालसम्म कुनै निर्णय नलिएपछि स्मरणपत्र पठाएका हुन् ।

लामो समयसम्म पाण्डेयको नियुक्ति नभएपछि सभामुख घिमिरे अध्यक्ष तिमिल्सिनाले राष्ट्रपतिलाई माघ ३ मा स्मरणपत्र पठाएका हुन् । तत्कालीन महासचिव भरतराज गौतमले संसद्को महासचिवबाट राजीनामा दिएपछि सभामुख र राष्ट्रिय सभा अध्यक्षले पाण्डेयलाई नियुक्तिको सिफारिस गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस