बरु राजनीति छाडिन्छ संस्कार छोडिँदैन : रास्वपा सांसद विराजभक्त  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बरु राजनीति छाडिन्छ संस्कार छोडिँदैन : रास्वपा सांसद विराजभक्त 


२८ पुस २०८०, शनिबार


 काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले नेपाली राजनीतिमा युवा अगाडि आउनुपर्छ भन्ने गरिए पनि खुट्टा तान्ने प्रवृत्ति हाबी भएको बताएका छन् । 

संसद्मा एक वर्ष बिताएको अवसरमा पार्टीद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले आफ्नो वार्षिक कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्दै खबरदारी जारी रहने उद्घोष गरे । 

‘नेपाली राजनीतिमा युवाहरुको आगमन हुनुपर्छ भन्ने त गरिन्छ तर नेपाली समाजमा खुट्टा तान्ने प्रवृत्तिले गर्दा युवालाई अगाडि जान दिने वातावरण नै छैन । आएको युवालाई अगाडि बढ्न नदिने, अनि विदेश पलायन भयो भनेर हुन्छ ? कस्तो संस्कार हो ?,’ उनले भने । 

संसदीय राजनीतिको पहिलो वर्षले धेरै थोक सिकाएको उनले बताए । ‘म यहीँबाट चुनौती दिन्छु, आगामी पुस्ता तपाईँको सन्तानहरूले तपाईँहरूले कस्तो व्यवहार गरेको छ भन्ने कुरा डिजिटल रुपमा रेकर्डमा बसिरहेको छ । आगामी पुस्ताले मेरो बुबाले यस्तो प्रतिक्रिया दिएको रहेछ भनेर गाली गर्न नपरोस्,’ उनले भने ।

आफूहरूको आवाजको सुनुवाइ नभएको भन्दै उनी केही आक्रोशित थिए । ‘म संस्कारसहित राजनीतिमा आएको हो, बरु राजनीति छाडिन्छ संस्कार छोडिँदैन,’ उनले भने, ‘आज लोकतन्त्र, प्रजातन्त्रको ब्याज खाएर बसिरहेकाहरुलाई म भन्न चाहन्छु – कुराले मात्रै लोकतन्त्र स्थापना हुँदैन, व्यवहार पनि चाहिन्छ, लोकतान्त्रिक पद्धतिमा जनताप्रति उत्तरदायी हुने पहिलो कुरा हो । विचार, वाद भनेको बिस्तारै गर्ने हो ।’ 

रास्वपा सानो चित्त लिएर राजनीतिमा नआएको उनले बताए । ‘राम्रो मान्छे जुन दलमा भए पनि अगाडि बढ्नु पर्छ भन्ने हाम्रो धारणा छ,’ उनले भने ।  

Tags :
प्रतिक्रिया दिनुहोस