बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, नौ जना घाइते « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, नौ जना घाइते


२८ पुस २०८०, शनिबार


ढोरपाटन । बागलुङमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जीप ढोरपाटन नगरपालिका-५ अस्तुमा दुर्घटना भएको हो ।

दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका-४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका-११ काठमाडौँकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

दुर्घटनामा नौ जना घाइते भएका छन् । जीपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते नौ जनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस