१९ जनालाई अदालतले तोक्यो अधिकतम सजाय र जरिवाना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

१९ जनालाई अदालतले तोक्यो अधिकतम सजाय र जरिवाना


२६ पुस २०८०, बिहिबार


काठमाडौँ । जिल्ला अदालत, बाँकेले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको घोटाला प्रकरणमा १९ जनालाई अधिकतम सजाय र जरिवाना तोकेको छ।

न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले १९ जनालाई एक वर्षदेखि पाँच वर्ष कैद सजाय, चालिस हजारदेखि पचास हजारसम्म जरिवाना तोकेको छ ।

अदालतले हरदेवबक्स चौधरी, अमरबहादुर खड्का, गंगाधर सुवेदी, गोपाल भण्डारी, अरुणकुमार पाठक, सूर्य विक, लिलाप्रसाद वली, सुरतराम खटिक, किरण श्रेष्ठलाई पाँच वर्ष कैद र पचास हजार जरिवाना तोकेको छ।

गौरव श्रेष्ठ र बलराम यादवलाई चार वर्ष कैद र चालिस हजार जरिवाना गरिएको छ । रविन्द्र थापालाई तीन वर्ष कैद र पचास हजार जरिवाना, सिद्धिकुमार महर्जनलाई दुई वर्ष ६ महिना कैद र पचास हजार जरिवाना, तुषार शाह र ओमप्रकाश चौधरीलाई दुई वर्ष कैद र पचास हजार जरिवाना, शारदाकुमारी थापामगर, रविन्द्र थापा, स्थिरमणि बज्राचार्य, सन्दीप शर्मा र लिला शाहलाई एक वर्ष कैद र पचास हजार जरिवाना तोकिएको छ।

बाँकेको बहुचर्चित यो सहकारी घोटालामा ४१ जनालाई प्रतिवादी बनाइएको थियो । ४३ करोड घोटालामा अरूले सफाई पाएका छन् ।

सम्बन्धित समाचार : सहकारीको ४३ करोड हिनामिना गर्ने कर्मचारीसहित १९ जना दोषी ठहर

११ हजार ८ सय ४ जना निक्षेपकर्ता रहेको सहकारी ठूलो रकम हिनामिना भएपछि निक्षेपकर्ताले २०७६ असोजमा मुद्दा दायर गरेका थिए । त्यसयता पीडितहरू निरन्तर सडकमा रहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस