हात्तीको आक्रमणबाट वृद्धको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु


२६ पुस २०८०, बिहिबार


इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ स्थित सिमरवन जङ्गल नजिक हात्तीको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयवासी ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको हो ।

जङ्गलबाट घाँस लिएर आइरहेका उहाँमाथि हात्तीले आक्रमण गरेको थियो । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो । विष्टको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस