सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारीमा कृषि मन्त्रालय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारीमा कृषि मन्त्रालय


२५ पुस २०८०, बुधबार


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी गरेको छ । २४ पुस मंगलबार ‘संघ, प्रदेश र स्थानीय तह (समन्वयन तथा अन्तरसम्बन्ध) ऐन २०७७’ को व्यवस्था अनुसारको विषयगत समितिको बैठकमा सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने छलफल भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

यस्तै सोही बैठकमा कृषि क्षेत्रमा लगानी दशक घोषणा गर्ने सम्बन्धमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रमा लगानी दशकको घोषणा र सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारीबारे प्रदेश सरकारका कृषि मन्त्री र सचिवहरूसँग छलफल गरेको हो ।

कृषिमन्त्री डा. बेदुराम भुसालको अध्यक्षतामा बसेको बैठकले कृषि क्षेत्रमा लगानी दशक घोषणाको तयारीका सन्दर्भमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस