राष्ट्रपति पौडेल र सार्क महासचिव सरवरबीच शिष्टाचार भेट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रपति पौडेल र सार्क महासचिव सरवरबीच शिष्टाचार भेट


२५ पुस २०८०, बुधबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का नवनियुक्त महासचिव मोहम्मद गोलाम सरवरले शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवनमा आज अपराह्न भएको भेटमा राष्ट्रपति पौडेलले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा नेपाल सदस्य राष्ट्रहरू बीच एकता र ऐक्यबद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्ण प्रतिबद्ध रहेको बताए ।

राष्ट्रपतिको कार्यालयका अनुसार सार्कका अन्य सदस्य राष्ट्रहरूले पनि सहयोग र समझदारीका माध्यमबाट सार्कलाई गति दिनेछन् भन्नेमा आफू आशावादी रहेको राष्ट्रपतिले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस