राष्ट्रिय सभामा उम्मेदवार भट्टविरुद्ध उजुरी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय सभामा उम्मेदवार भट्टविरुद्ध उजुरी


२४ पुस २०८०, मंगलबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभामा उम्मेदवारी दिएका नेपाली काँग्रेसका नारायणदत्त भट्टविरुद्ध उजुरी गरेको छ । सत्तारुढ गठबन्धनकातर्फबाट आपांगतातर्फ आइतबार उम्मेदवारी दिएका भट्टविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।

एमालेका उम्मेदवार रामचन्द्र जोशीले उजुरी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काँग्रेस कैलालीका जिल्ला सभापति समेत रहेका भट्टविरुद्ध शारीरिक अपाङ्गताको विषयलाई लिएर उजुरी दर्ता भएको प्रादेशिक निर्वाचन कार्यालयको भनाई छ ।

निर्वाचन अधिकृतको कार्यालयले भट्टले कीर्ते अपाङ्गता परिचय पत्र लिएको भन्दै उम्मेदवारी खारेज हुनुपर्ने मागसहित उजुरी परेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस