सर्वोच्च अदालतका न्यायाधीशलाई कारबाहीको माग गर्दै संसदमा निवेदन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सर्वोच्च अदालतका न्यायाधीशलाई कारबाहीको माग गर्दै संसदमा निवेदन


२३ पुस २०८०, सोमबार


काठमाडौँ । गत प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका बेला बाजुराको त्रिवेणी नगरपालिकामा भएको हत्याका आरोपीलाई साधारण तारेखमा छाड्ने सर्वोच्च अदालतका न्यायाधीशलाई कारबाहीको माग गर्दै संसदमा निवेदन परेको छ । मृतकका बुबा गगने अयडीले सभामुखलाई सम्बोधन गरिएको पत्र संसद् सचिवालयमा बुझाएका छन् ।

प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाएका आरोपीलाई साधारण तारेखमा छाड्न पुस १९ गते आदेश गरेको थियो । उक्त आदेशमा न्यायाधीशबाट न्यायिक विचलन भएको तथा कानूनमन्त्री धनराज गुरुङ र सरकारको दबाब देखिएको निवेदकको दाबी छ ।

२०७९ मंसिर ४ गते चेतन अयडीको सुतिरहेको अवस्थामा हत्या भएको थियो । त्यसपछि मृतकका बुबाले प्रहरीले कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका थिए । जिल्ला अदालतले पुस ५ गते थुनछेक आदेश गर्दै थुनामा पठाउने निर्णय गरेको थियो । उच्च अदालत दिपायलले २०७९ फागुन ४ र २०८० असार ३ गते जिल्लाको आदेश सदर गरेको थियो । त्यसपछि आरोपीहरू जिल्ला र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च पुगेका थिए । अनुकूल न्यायाधीश नपरेकै कारण आरोपीले सर्वोच्च अदालतमा पटक-पटक पेशी स्थगित गरेको निवेदकको दाबी छ ।

निवेदक अयडीले न्यायधीशद्वय राउत र मुसलमानमाथि आवश्यक कारबाहीका लागि संसदीय प्रक्रियामार्फत पहल गर्न आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस