पदाधिकारीलाई हातपात गर्ने रेडक्रस सोसाइटीका कर्मचारी निलम्बित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पदाधिकारीलाई हातपात गर्ने रेडक्रस सोसाइटीका कर्मचारी निलम्बित


२१ पुस २०८०, शनिबार


काठमाडौँ । पदाधिकारी माथी हातपात गर्ने नेपाल रेडक्रस सोसाइटी गोरखाका कर्मचारी सुवास घिमिरे निलम्बनमा परेका छन् । रेडक्रस सोसाइटी गोरखाका कोषाध्यक्ष ज्ञानहरी अर्याललाई कार्यालयमै अरु पदाधिकारी अगाडी हातपात गरेपछि रेडक्रस गोरखा शाखा प्रमुख घिमिरेलाई निलम्बन गरिएको हो । 

सभापति यदु बिलास भट्टराईको अध्यक्षतामा शुक्रवार बसेको बैठकले नेपाल रेडक्रस सोसाइटी गोरखा शाखा प्रमुख घिमिरेलाई निलम्बन गर्ने निर्णय गरेको हो ।  कर्मचारी सुवास घिमिरेले गत सोमवार कार्यालयमा सभापतिसहित अन्य पदाधिकारीकै अगाडी आफूले भने बमोजिम चेक नकाटेको भन्दै कोषाध्यक्ष अर्यालमाथि हातपात गरेको प्रत्यक्षदर्शीको भनाई छ । 

केही महिना अघि रेडक्रसको एम्बुलेन्स प्रक्रिया नै पूरा नगरी आफूखुसी कवाडीमा विक्री गरेको र रेडक्रसका कार्यक्रमहरू पनि उनले अपारदर्शी ढङ्गले आफू अनुकूल सञ्चालन गरेको आरोप कर्मचारी घिमिरेमाथि लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस