प्रधानमन्त्रीले प्रशासकीय भवन उद्घाटन गर्ने भएपछि पालिकाले दियो सार्वजनिक बिदा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्रीले प्रशासकीय भवन उद्घाटन गर्ने भएपछि पालिकाले दियो सार्वजनिक बिदा


१७ पुस २०८०, मंगलबार


काठमाडौँ । प्रमुख प्रशासकीय भवन उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रामेछाप जाने भएपछि पालिकामा सार्वजनिक बिदा दिइएको छ ।

रामेछापको सुनापति गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको हो । एक सूचना जारी गर्दै गाउँपालिकाले सो जानकारी गराएको हो ।

बिहीबार गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, शिक्षण संस्थालगायत गाउँपालिका क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको पालीकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस