रवि लामिछानेले कान्तिपुरविरुद्ध मुद्दा हाले « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

रवि लामिछानेले कान्तिपुरविरुद्ध मुद्दा हाले


१७ पुस २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा दर्ता गरेका छन् । लामिछानेले कान्तिपुरविरुद्ध गाली बेइज्जती गरेको भन्दै जिल्ला अदालत काठमाडौँमा मंगलबार मुद्दा दायर गरेका हुन ।

सामाजिक सञ्जालमा मुद्दा दर्तापछि फोटो सार्वजनिक गर्दै उनले लेखेका छन्,‘एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन । हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ । म आरोप लाग्नै नहुने मान्छे होइन ।

तर म समाचारमा आएका कुनै सहकारीको सञ्चालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन । मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन । मेरो नाम राखिए-देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु । म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु ।

सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन । यो मेरो वचन भो । मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस