२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी फाइनलमा, साविक विजेता सुदूरपश्चिम दोस्रो एलिमिनेटरबाटै बाहिरियो

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताको दोस्रो एलिमिनेटरमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै कोशी फाइनल प्रवेश गरेको छ ।

कोशीले अब उपाधिका लागि बुधबार एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८८ रन बनाएको थियो । ८९ रनको लक्ष्य पछ्याएको कोशीले १३ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

कोशीका लागि काजल श्रेष्ठ ३८ रनमा अविजित रहिन् । ३५ बल खेलेकी उनले ७ चौका प्रहार गरिन् । त्यस्तै कप्तान रुबिना क्षेत्रीले ३७ र अप्सरी बेगम १२ रनमा अविजित रहिन् ।

सुदूरपश्चिमका लागि एक मात्र विकेट लक्ष्मी साउदले लिइन् । टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २५ रन बनाएकी थिइन् । त्यस्तै कविता जोशीले १५ र बिन्दु रावलले १७ रन बनाइन् ।

कोशीका लागि स्पिनर संगीता राईले सर्वाधिक २ विकेट लिइन् । सवनम राई, निशा शाह र अलिशा खडियाले १र१ विकेट लिए ।
आइतबार भएको पहिलो क्वालिफायर्समा कोशीलाई ५२ रनले पराजित गर्दै एपीएफ फाइनल पुगेको थियो ।

गत वर्ष कोशीलाई पराजित गर्दै उपाधि जितेको सुदूरपश्चिम यस पटक दोस्रो एलिमिनेटरबाटै बाहिरिएको हो ।