कोशी फाइनलमा, साविक विजेता सुदूरपश्चिम दोस्रो एलिमिनेटरबाटै बाहिरियो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कोशी फाइनलमा, साविक विजेता सुदूरपश्चिम दोस्रो एलिमिनेटरबाटै बाहिरियो


१६ पुस २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताको दोस्रो एलिमिनेटरमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै कोशी फाइनल प्रवेश गरेको छ ।

कोशीले अब उपाधिका लागि बुधबार एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८८ रन बनाएको थियो । ८९ रनको लक्ष्य पछ्याएको कोशीले १३ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

कोशीका लागि काजल श्रेष्ठ ३८ रनमा अविजित रहिन् । ३५ बल खेलेकी उनले ७ चौका प्रहार गरिन् । त्यस्तै कप्तान रुबिना क्षेत्रीले ३७ र अप्सरी बेगम १२ रनमा अविजित रहिन् ।

सुदूरपश्चिमका लागि एक मात्र विकेट लक्ष्मी साउदले लिइन् । टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २५ रन बनाएकी थिइन् । त्यस्तै कविता जोशीले १५ र बिन्दु रावलले १७ रन बनाइन् ।

कोशीका लागि स्पिनर संगीता राईले सर्वाधिक २ विकेट लिइन् । सवनम राई, निशा शाह र अलिशा खडियाले १र१ विकेट लिए ।
आइतबार भएको पहिलो क्वालिफायर्समा कोशीलाई ५२ रनले पराजित गर्दै एपीएफ फाइनल पुगेको थियो ।

गत वर्ष कोशीलाई पराजित गर्दै उपाधि जितेको सुदूरपश्चिम यस पटक दोस्रो एलिमिनेटरबाटै बाहिरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस