राष्ट्रपतिको उपचारका लागि सरकारले दियो थप १० लाख « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिको उपचारका लागि सरकारले दियो थप १० लाख


५ पुस २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रपतिको स्वास्थ्य उपचारका लागि सरकारले थप करिब १० लाख रुपैयाँ उपलब्ध गराएको छ।

२०८० साउन महिनादेखि मंसिरसम्मको आर्थिक सहायता विवरण अनुसार राष्ट्रपतिको उपचारमा ९ लाख ६५ हजार ९ सय ३५ रुपैयाँ उपलब्ध गराइएको उल्लेख छ। अर्थ मन्त्रालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७४ अनुसार यो रकम उपलब्ध गराएको जनाएको छ।

अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यो रकम निकासा गरी राष्ट्रपतिको उपचारमा खर्च गरिएको उल्लेख छ। गत आर्थिक वर्षमा राष्ट्रपतिको उपचारको लागि ५५ लाख रुपैयाँ सरकारले उपलब्ध गराएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस