साढे चार करोड राजस्व हिनामिना गर्ने दुई नासु र लेखापालविरुद्धको मुद्दा सर्वोच्चमा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

साढे चार करोड राजस्व हिनामिना गर्ने दुई नासु र लेखापालविरुद्धको मुद्दा सर्वोच्चमा


५ पुस २०८०, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।

विभिन्न मितिमा फैसला भएका मध्ये राजस्व रकम हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा विशेषको फैसला आयोगलाई चित्त नबुझी पुनरावेदन गरिएको हो ।

सरकारी कार्यालयबाट सङ्कलन भएको राजश्व कानून बमोजिम दाखिला नगरी निजी खातमा जम्मा गरेर बदनियत पूर्वक अभिलेखसमेत सुरक्षित नराखी राजस्व हिनामिना गरेको आरोपमा मालपोत कार्यालय सिमराका प्रमुख (नायब सुब्बा) द्वय मदन प्रसाद गुप्ता, शत्रुधन राउत र लेखापाल युगल किशोर ठाकुरविरुद्धको मुद्दामा पुनरावेदन गरिएको अख्तियारको प्रवक्ता नरहरि घिमिरेले बताए ।

आर्थिक वर्ष २०७५/०७६ फाल्गुण १२ गतेसम्ममा सङ्कलित राजश्व रकममध्ये चार करोड अन्ठाउन्न लाख एकहत्तर हजार बीस रुपैयाँ तेह्र पैसा प्रचलित कानून बमोजिम तोकिएको समयभित्रमा सम्बन्धित राजश्व खातामा दाखिला नगरी खाइमास्ने कार्य गरेको अख्तियारको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस