स्थानीय तहमा जनसङ्ख्याका आधारमा बजेट दिनुपर्छ : मन्त्री यादव « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्थानीय तहमा जनसङ्ख्याका आधारमा बजेट दिनुपर्छ : मन्त्री यादव


५ पुस २०८०, बिहिबार


काठमाडौँ । खानेपानी मन्त्री महिन्द्र राय यादवले स्थानीय तहमा जनसङ्ख्याको आधारमा बजेट विनियोजन हुनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौँमा नेपाल नगरपालिका सङ्घले आयोजना गरेको राष्ट्रिय शहरी सरसफाइ सम्मेलन, २०२३ लाई सम्बोधन गर्दै उनले स्थानीय तहमा जनसङ्ख्याका आधारमा बजेट छुट्याउनुपर्ने बताएका हुन् ।

‘कुनै नगरपालिकाको जनसङ्ख्या ६० हजार छ, कुनै नगरपालिकाको जनसङ्ख्या २२ हजार छ, भन्दाखेरि २२ हजारले पनि त्यत्ति नै पैसा पाउँछ भने ६० हजारले पनि त्यत्ति नै पैसा पाउँछ, यो समानता भएन’ मन्त्री यादवले भने ।

यस्ता विषयमा विचार नपुर्‍याए विकास असन्तुलित हुने भन्दै मन्त्री यादवले विकास जनसङ्ख्या र भूगोलका आधारमा हुनुपर्ने धारणा राखे । ‘देशको मानव सूचकाङ्कको आधारमा विकासको बजेट छुट्याउनुपर्छ । नगरपालिकालाई स्वावलम्बन, आत्मनिर्भर बनाउने हो भने जनसङ्ख्याको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस