मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले माग्यो करारमा कर्मचारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले माग्यो करारमा कर्मचारी


५ पुस २०८०, बिहिबार


काठमाडौँ । मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयले करारमा नवौं तहदेखि छैटौँ तहसम्मका कर्मचारी माग गरेको छ ।

निर्देशनालयले आज एक सूचना जारी गर्दै नवौं तहमा ६ जना रेडियोलोजिस्ट, ६ जना प्याथोलोजिस्ट, ६ जना यौन तथा छाला रोग विशेषज्ञ, डेन्टल सर्जन ६ जना, एमडिजिपी १० जना, १० जना अर्थोपेडिक सर्जन, ८ जना एनेस्थेसियोलोजिष्ट, बाल रोग विशेषज्ञ १२ जना, स्त्री तथा प्रसूति रोग विशेषज्ञ ९ जना, जनरल सर्जन १० जना र १० जना जनरल फिजिसियन मागेको हो।

यस्तै, आठौं तहमा १० जना डेन्टल अधिकृत, २ जना आयुर्वेद चिकित्सक र २८ जना मेडिकल अधिकृत मागेको छ।

यस्तैगरी, सातौं तहमा ३ जना अस्पताल व्यवस्थापक र ६ जना नर्सिङ अधिकृत मागेको छ। निर्देशनालयले छैटौँ तहमा ६ जना अप्टोमेट्रिष्ट मागेको छ।

योग्यता पुगेका नेपाली नागरिकले १५ दिन भित्र अनलाईबाट दरखास्त दिन सक्नेछन्।

हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस