भ्रष्टाचारको आरोप लागेका वडाध्यक्षले पाए सफाइ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भ्रष्टाचारको आरोप लागेका वडाध्यक्षले पाए सफाइ


२७ मंसिर २०८०, बुधबार


काठमाडौँ । महोत्तरीको पिपरा गाउँपालिका-५ का तत्कालीन वडाध्यक्ष शम्भुप्रसाद यादवले सार्वजनिक सम्पत्ति हानिनोक्सानीको आरोपबाट सफाइ पाएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापासहितको इजलासले बुधबार यादवलाई सफाइ हुने निर्णय सुनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ माघ २७ गते यादवविरुद्ध ३५ लाख २१ हजार २०४ रुपैयाँ ८० पैसा बिगो कायम गरेर अभियोगपत्र दायर गरेको थियो ।

तत्कालीन सहोडवा-६ स्थित सुब्बा पोखरीको ठेक्का यादवले २०७१ भदौ १ देखि २०७६ भदौसम्मका लागि पाएका थिए । यादवले २०७४ सालसम्म १९ लाख ४२ हजार ८०१ रुपैयाँ २० पैसा ठेक्का रकम बुझाएको र त्यसपछि वडाध्यक्ष बनेयता ठेक्का रकम नबुझाएको अख्तियारले दाबी गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस