२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

११३ विदेशीसहित काठमाडौँ विश्वविद्यालयका १८३८ विद्यार्थी दीक्षित

अ+ अ-

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) का १८३८ विद्यार्थी दीक्षित भएका छन् । काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहको पहिलो चरणमा १ हजार ८३८ विद्यार्थी दीक्षित भएका हुन् ।

बुधबार काठमाडौँ विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा सञ्चालन भएको २९ औँ दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’, शताब्दी पुरुष वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दासको प्रमुख आतिथ्यता, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयको सहकुलपति अशोककुमार राई, शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय शिक्षा नीतिमा समायोजन गर्न आफू प्रतिबद्ध रहेको बताए । नेपालको उच्च शिक्षाको वर्तमान र भविष्यप्रति साझा चिन्ता व्यक्त गर्दै नेपालको उच्च शिक्षाको सुधार र अन्तर्राष्ट्रियकरणको सवाललाई गम्भीरतापूर्वक लिइएको उनले बताए । ‘आजको वैश्विक युगमा नेपालको शिक्षा मौलिक हुनुपर्ने त छदैछ, साथसाथै अन्तर्राष्ट्रियस्तरको पनि हुनु अत्यावश्यक छ, ’उनको भनाइ छ ।

दीक्षित हुनेमा पीएचडी, डिएम र एमसीएच तहका १८ जना, एमफिल तहका ३८ जना, स्नातकोत्तर तहका ३१४ जना, पीजीडीका ५२ जना र स्नातक तहका १ हजार ४ सय १६ जना विद्यार्थी रहेको विश्वविद्यालयका प्रवक्ता एक्कुमाया पुनले जानकारी दिइन् । उनका अनुसार तीमध्ये मेडिकल साइन्सका ७७७ जना, व्यवस्थापनका ४४८ जना, शिक्षाका २२५ जना, मानविकीका २०९ जना, विज्ञान समूहका १० १ जना, इन्जिनियरिङका ३९ जना, र कानुनका ३९ जना दीक्षित भएका हुन् ।

स्कुल अफ इन्जिनियरिङ अन्तर्गत मास्टर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स तर्फ १ जना र स्कुल अफ मेडिकल साइन्स अन्तर्गत मास्टर अफ साइन्स इन मिडवाइफ्री नर्सिङमा ८ र स्कुल अफ एजुकेसन तर्फ मास्टर इन हाई हर एजुकेसन मा ९ जना दीक्षित भएको विश्वविद्यालयले जनाएको छ ।

त्यस्तै, भारत, श्रीलङ्का र मालदिभ्स गरी ३ वटा देशका ११३ जना विदेशी विद्यार्थी विश्वविद्यालयकी प्रवक्ता एक्कुमाया पुनले जानकारी दिइन् ।