सरकारी कर्मचारीलाई ‘महिनावारी बिदा’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरकारी कर्मचारीलाई ‘महिनावारी बिदा’


२७ मंसिर २०८०, बुधबार


काठमाडौँ । लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स)बिदा पाउने भएका छन् । ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा उक्त व्यवस्था गरिएको हो ।

भदौ २२ गते प्रदेश सभाबाट पारित भएको उक्त विधेयक २१ मंसिरमा प्रमाणीकरण भइसकेको छ । महिनावारी बिदा कति दिन पाउने भन्नेबारे नियमावलीमा तोकिएअनुसार हुनेछ । 

लुम्बिनी प्रदेशमा यसअघि महिला कर्मचारीलाई प्रसूति बिदा दिने गरिएको थियो । अब महिनावारी बिदा पनि थपिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस