‘जति तोड्ने प्रयास गरेपनि केही हुनेवाला छैन, यो गठबन्धन पूरै अवधि जान्छ’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘जति तोड्ने प्रयास गरेपनि केही हुनेवाला छैन, यो गठबन्धन पूरै अवधि जान्छ’


२५ मंसिर २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार ढाल्ने कसरत भइरहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा सोमबार आयोजित कार्यक्रममा उनले गठबन्धन तोड्ने र सरकार ढाल्ने प्रयास भइरहेको बताएका हुन् ।

‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने केके भन्ने त रातदिन एक थरीको खेल कसरत भइ नै रहेको छ’, उनले भने, ‘तर मैले हेर्दा र गठबन्धनका बैठकहरू सबै गर्दा केही हुनेवाला छैन । यो गठबन्धन पूरै अवधि जान्छ ।’

प्रधानमन्त्री ‘प्रचण्ड’ले आफ्नो सरकारको एक वर्षको समीक्षा गर्ने र अर्को एक वर्षका लागि नयाँ रणनीति बनाउने पनि बताए । प्रचण्ड गत वर्ष १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस