पाँच जना कर्मचारी सचिवमा बढुवा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पाँच जना कर्मचारी सचिवमा बढुवा


२० मंसिर २०८०, बुधबार


काठमाडौँ । पाँच जना कर्मचारीलाई बढुवा गर्ने निर्णय गरिएको छ । बागमती प्रदेश सरकारले प्रदेश निजामती ऐन २०७९ अनुसार उनीहरूलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो । 

प्रदेश सरकारको बुधवार बसेको बैठकले उक्त ऐन अनुसार पाँच जना कर्मचारीलाई ११ औँ तहमा बढुवा गरी नियुक्त गरेको हो ।

बैठकले स्वास्थ्य तर्फको चार र शिक्षा सेवातर्फको एक गरी पाँच जनालाई ११ औँ तहमा बढुवा गरी नियुक्त गरेको बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायले बताए । प्रदेश निजामती कर्मचारी ऐन २०७९ अनुसार ११ औँ तहका कर्मचारी प्रदेश सचिव हुने व्यवस्था रहेको छ ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तर्फ दीपक तिवारी, वसन्त अधिकारी, डा. अर्जुन प्रसाद सापकोटा र डा. नरेन्द्र कुमार झालाई ११ औँ तहमा बढुवा गरी नियुक्त गरेको प्रमुख सचिव उपाध्यायले बताए । 

उनका अनुसार यस अघि नै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरी उनीहरूलाई ११ औँ तहमा बढुवा गर्ने निर्णय गरेको थियो । तर, अदालतमा मुद्दा परेपछि बढुवा प्रक्रिया रोकिएको थियो । अदालतले उक्त मुद्दाका सम्बन्धी रिट खारेज गर्ने निर्णयसँगै प्रक्रिया अघि बढाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस