चिसोले कठ्याङ्ग्रिएर जाजरकोटमा एक बलिकाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चिसोले कठ्याङ्ग्रिएर जाजरकोटमा एक बलिकाको मृत्यु


१४ मंसिर २०८०, बिहिबार


जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । गाउँपालिका-१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।

स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिया देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको उनले बताए ।

गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको अध्यक्ष बस्नेतले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस