बालुवाटारमा प्रधानमन्त्री ‘प्रचण्ड’, ओली र देउवाबीच छलफल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बालुवाटारमा प्रधानमन्त्री ‘प्रचण्ड’, ओली र देउवाबीच छलफल


५ मंसिर २०८०, मंगलबार


काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र शान्ति प्रक्रियालगायत विषयमा संवाद भइरहेको छ।

शान्ति प्रक्रिया सुरु भएको आज १७ वर्ष पूरा भएको र शान्ति प्रक्रिया लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्धता व्यक्त गर्न तीन नेताको भेट भएको प्रधानमन्त्री ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस