टिकटक चलाउनका लागि फ्री भिपिएन र डिएनएस प्रयोग नगर्न सञ्चार मन्त्रालयको आग्रह  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

टिकटक चलाउनका लागि फ्री भिपिएन र डिएनएस प्रयोग नगर्न सञ्चार मन्त्रालयको आग्रह 


५ मंसिर २०८०, मंगलबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटक चलाउनका लागि फ्री भिपिएन र ओपेन डिएनएस प्रयोग नगर्न आग्रह गरेको छ ।

सरकारले टिकटक चलाउन प्रतिबन्ध लगाएसँगै पछिल्लो समय सामाजिक सञ्जाल टिकटक चलाउनका लागि फ्री भिपिएन डाउनलोड गर्ने र ओपेन डिएनएस प्रयोग गरी टिकटक चलाउने प्रयोगकर्ता बढेका छन् । सोही सम्बन्धमा प्रविधिको दुरुपयोग भएको भन्दै यस्ता प्रविधिहरू प्रयोग नगर्न सञ्चार मन्त्रालयले सबैलाई आग्रह गरेको हो ।

नेपाल सरकारको मन्त्रीपरिषद्को बैठकले कात्तिक २७ गते, टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यद्यपी हाल टिकटक फ्री भिपिएन र डिएनएस जस्ता असुरक्षित अवैध माध्यमबाट सञ्चालन भइरहेको समेत मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् मन्त्रालयको विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस