डोटीमा ट्याक्टर मुनी चेपिएर एक बालकको मृत्यु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

डोटीमा ट्याक्टर मुनी चेपिएर एक बालकको मृत्यु


२७ कार्तिक २०८०, सोमबार


डोटी । डोटीमा रोकेर राखेको ट्याक्टर मुनी चेपिएर एक बालकको मृत्यु भएको छ । 

जिल्लाको आदर्श गाउँपालिका-५ लामिखालमा रोकेर राखेको ट्याक्टर बालबालिकाहरू खेल्ने क्रममा ट्याक्टरमा चढी गियर चलाउँदा हुत्तिएर अघाडी बढ्दा एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तबले बताए । 

मृत्यु हुनेमा आदर्श गाउँपालिका ५ लामिखालका वर्ष १४ का प्रशान्त सिंहको मृत्यु भएको छ। मृतक बालकको सब पोस्टमार्टमको लागि जिल्ला अस्पताल डोटी ल्याइएको प्रहरीले जनाएको छ । 

ट्याक्टर चालक शिखर नगरपालिका ११ का वर्ष २४ का प्रेम ठकुल्ला शौचालय गएको बेला घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ । चालक प्रहरीको नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस