एमाले कोशी प्रदेश संसदीय दलले भूकम्प पीडितलाई ५ लाख रुपैयाँ सहयोग गर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले कोशी प्रदेश संसदीय दलले भूकम्प पीडितलाई ५ लाख रुपैयाँ सहयोग गर्ने


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले जाजरकोट र रुकुम-पश्चिम भूकम्प पीडितलाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

मङ्गलवार विराटनगरस्थित संसदीय दलको बैठकले भूकम्पपीडितका लागि ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको दलका नेता हिक्मतकुमार कार्कीले जानकारी दिए।

कार्कीका अनुसार प्रदेश सांसदको पारिश्रमिकबाट कट्टा हुने गरी सो रकम सरकारको राहत कोषको लागि निर्माण गरिएको बैंक खातामा जम्मा हुनेछ। कोशी प्रदेशमा ४० प्रदेशसभा सदस्यसहित एमाले पहिलो दलका रूपमा रहेको छ।

गत शुक्रबार मध्यरात कर्णाली प्रदेशको जाजरकोटको बारेकोट गाउँपालिका-१ रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प जाँदा ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस