शुक्रबारबाट कार्यालय खुला, अधिकांश कर्मचारी अनुपस्थित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शुक्रबारबाट कार्यालय खुला, अधिकांश कर्मचारी अनुपस्थित


१० कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । शुक्रबारदेखि सरकारी कार्यालय खुलेका छन् । शुक्रबार बिहानदेखि सरकारी कार्यालय खुले पनि अधिकांश कर्मचारी अनुपस्थित भएका छन् । विजयादशमीको ६ दिन बिदा सकिएर आज देखी कार्यालय खुलेका हुन् । 

सिंहदरवारमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सबै मन्त्रालय, सबैजसो आयोग, सचिवालय तथा कार्यालयमा थोरै संख्यामा कर्मचारी उपस्थित भएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ । कार्यालयका अनुसार काठमाडौँ उपत्यकामा रहेका कर्मचारी शुक्रबार कार्यालयमा हाजिर भएको भए पनि उपत्यका बाहिर रहेका कर्मचारी भने उपस्थित हुन नसकेका हुन् । 

केही वर्ष पहिले दशैंको बिदा १५ दिन रहेकोमा अहिले आधा भन्दा बढी घटाएर ६ दिन मात्रै राखिएको छ  ।   कर्मचारीले त्यसलाई स्विकारेर अघि बढेकाले शुक्रबार हाजिर भए कि भएनन् भनेर राष्ट्रिय सतर्कता केन्द्रले छड्के जाँच नगरेको केन्द्रले जनाएको छ । कर्मचारी मात्रै नभएर सेवाग्राही पनि एकदमै कम आउने गरेकाले कर्मचारीलाई शुक्रबार नै हाजिर हुनका लागि सम्बन्धित निकायले बाध्य नपारेको केन्द्रको भनाई छ

Tags :
प्रतिक्रिया दिनुहोस