७ वर्षीया बालिकाको बलात्कारपछि हत्या « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

७ वर्षीया बालिकाको बलात्कारपछि हत्या


४ कार्तिक २०८०, शनिबार


काठमाडौँ । भोजपुरमा ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ।

शनिबार बिहान भोजपुरको आमचोक गाउँपालिका-६ टेङलुङछुकस्थित जङ्गलको गुफामा पानीमुनी ७ वर्षीया नाबालिकाको शव फेला परेको भोजपुर प्रहरीले जनाएको छ । 

ती बालिकामाथि बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २१ वर्षीय दिपचन्द्र राईलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार नाबालिका बिहीबार साँझ अन्दाजी ६ बजेदेखि हराइरहेकी थिइन्। परिवारले छोरी खेलिरहेको बेला हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए।

बिहीबारदेखि प्रहरीले बालिकाको खोजी सुरु गरेको थियो। अन्तिमपटक तिनै अभियुक्तसँग बालिकाको भेट भएको प्रहरीको अनुसन्धानमा खुलेको थियो। नियन्त्रणपछि सोधपुछ गर्दा अभियुक्तले घटना स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ।

अभियुक्तले दिएको जानकारीका आधारमा प्रहरीले गुफाबाट बालिकाको शव बरामद गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस