घुस रकमसहित नापी सर्वेक्षक अख्तियारको नियन्त्रणमा  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

घुस रकमसहित नापी सर्वेक्षक अख्तियारको नियन्त्रणमा 


२९ आश्विन २०८०, सोमबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देव नारायण ठाकुरलाई नियन्त्रणमा लिएको छ । 

कित्ताकाट गरेबापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले सर्वेक्षक ठाकुर र बिचौलिया उमेश यादवलाई घुससहित रंगेहात नियन्त्रणमा लिएको हो । 

सेवाग्राहीबाट नगद रु.७० हजार रुपैयाँ र रु. ५५ हजारको चेक गरी जम्मा रु. १ लाख २५ हजार घुस रकम लिइसकेको अवस्थामा अख्तियारले पक्राउ गरेको हो । 

उनीहरूलाई झापाको भद्रपुर नगरपालिका वडा नम्बर ७, चन्द्रगढीबाट आज पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस