धितोपत्र बोर्ड र बिमा प्राधिकरणका अध्यक्ष तथा निर्देशकविरुद्ध अख्तियारमा उजुरी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

धितोपत्र बोर्ड र बिमा प्राधिकरणका अध्यक्ष तथा निर्देशकविरुद्ध अख्तियारमा उजुरी


२६ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष, कार्यकारी निर्देशक, बिमा प्राधिकरणका अध्यक्ष र कार्यकारी निर्देशकविरूद्ध अख्तियारमा उजुरी परेको छ । सेयर लगानीकर्ताले चारजनाविरुद्ध उजुरी दिएका हुन् ।

१६ लगानीकर्ताको हस्ताक्षरसहित अख्तियारमा शुक्रबार उजुरी दिएको बताइएको छ । 

बिमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्था विपरीत अख्तियारको दुरुपयोग गरी बिमा कम्पनीहरूलाई प्रिमियममा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको लगानीकर्ताको आरोप छ ।

बिमा ऐन २०७९ को  दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्थाविपरित अख्तियारको दुरुपयोग गरी 

सिटिजन लाइफ, सन नेपाल, आईएमई लाइफ र रिलायवल लाइफसहित चार वटा बिमा कम्पनीलाई अङ्कित मूल्यभन्दा बढी रकम सर्वसाधारणबाट माग गर्न दिने गरी आह्वानपत्र स्वीकृत गरी कानुन विपरीतको कार्य गरेको निवेदनमा उल्लेख छ । 

Tags :
प्रतिक्रिया दिनुहोस