आईजीपीद्वारा राष्ट्रिय टीमबाट खेल्ने नेपाल प्रहरीका ५ क्रिकेटरलाई सम्मान  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आईजीपीद्वारा राष्ट्रिय टीमबाट खेल्ने नेपाल प्रहरीका ५ क्रिकेटरलाई सम्मान 


१८ आश्विन २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय टीमबाट खेल्ने नेपाली प्रहरीका ५ जना क्रिकेटरलाई महानिरीक्षक आईजीपी बसन्तबहादुर कुँवरले सम्मान गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा २०२३ सेप्टेम्बर २३ देखि चीनमा जारी ‘१९ औँ एशियन गेम्स’ मा राष्ट्रिय पुरुष क्रिकेट टिममा रहेका नेपाल प्रहरीका ५ जना खेलाडीहरूलाई कुँवरले सम्मान गरेका हुन् ।

उनीहरूमध्ये नेपाल पुलिस क्रिकेट टिमका कप्तान समेत रहेका दिपेन्द्र ऐरीले सेप्टेम्बर २७ मा भएको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा मङ्गोलिया विरुद्धको खेलमा पहिलो ६ बलमा ६ छक्का प्रहार गर्नुका साथै ९ बलमा अर्ध शतक पुरा गरी विश्व कीर्तिमान् रची देश र सङ्गठनको प्रतिष्ठा र गौरव अभिवृद्धि गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै उनलाई विशेष बढुवा पनि गरिएको छ ।

सम्बन्धित समाचार : दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा

Tags :
प्रतिक्रिया दिनुहोस