सरकार र आन्दोलनरत चिकित्सकहरुबीच ६ बुँदे सहमति « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकार र आन्दोलनरत चिकित्सकहरुबीच ६ बुँदे सहमति


१३ आश्विन २०८०, शनिबार


काठमाडौँ । सरकार र आन्दोलनरत चिकित्सकहरुबीच सहमति भएको छ । शनिबार गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएपछि चिकित्सकले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् ।

पोखराको मणिपाल शिक्षण अस्पताललगायत विभिन्न ठाउँमा चिकित्सकमाथि आक्रमण भएपछि सुरक्षाको प्रत्याभूति माग गर्दै चिकित्सकहरुले आन्दोलन घोषणा गरेका थिए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सरकारी टोली र नेपाल चिकित्सक सङ्घका प्रतिनिधिबीच शनिबार वार्ता भएको थियो ।

सम्बन्धित समाचार : सरकार र आन्दोलनरत चिकित्सकहरुबीच गृह मन्त्रालयमा वार्ता जारी 

हेर्नुहोस् सहमति :

Tags :
प्रतिक्रिया दिनुहोस