वडाध्यक्षहरूको आरोप : मेयर-उपमेयरले बजेट कब्जा गरे « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

वडाध्यक्षहरूको आरोप : मेयर-उपमेयरले बजेट कब्जा गरे


११ आश्विन २०८०, बिहिबार


काठमाडौँ । जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकाका मेयर-उपमेयरले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट कब्जा गरेको वडाध्यक्षहरूले आरोप लगाएका छन् ।

चन्दननाथ-५ बर्खबहादुर कार्की, ७ का गणेशबहादुर महत, ९ का भिमबहादुर रावत र १० नम्बर वडाका वडाध्यक्ष नवराज शाहीले संयुक्त अपिल निकालेर अहिलेसम्म बजेट बाँडफाँट नगरी मेयर-उपमेयरले मनपरीरुपमा वडामा बजेट पठाउन थालेको प्रति विरोध जनाएका हुन् । 

‘कम स्रोत साधनका बाबजुद पनि अधिकतम जनताले लाभ लिने पाउने संयन्त्रको विकास गर्नु जनप्रतिनिधिको धर्म हो, ‘उनीहरूले अपिलमा भनेका छन्, ‘जनताले दिएको मत फगत भोट मात्र होइन । इमान्दारीपूर्वक काम गर्नुपर्ने आदेश पनि हो । तर मेयर-उपमेयरका कारण जनताको मतको कदर गरेर अन्यायविरुद्ध उत्रनु पर्ने भयो ।’

उनीहरूले वडाको विकासमा मेयर-उपमेयर बाधक बनेको र जग्गा खरिददेखि अनेक बाहना बनाएर बजेट नै कब्जा गरेर वडाको विकास र वडावासीको समृद्धिको चाहना माथि कुठाराघात गरिएको भन्दै आक्रोश पोखेका छन् । नगरको सबै बजेट पालिकामा राखेर वडामा जम्मा १६ लाखमात्र पठाउने निर्णय गरेको उनीहरूको आरोप छ । 

Tags :
प्रतिक्रिया दिनुहोस