सचिव वा मुख्य सचिवहरूको बढुवामा बेरुजुको मापदण्ड  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सचिव वा मुख्य सचिवहरूको बढुवामा बेरुजुको मापदण्ड 


९ आश्विन २०८०, मंगलबार


सचिव

काठमाडौँ । नेकपा एमालेका सचिव एवम् सांसद योगेशकुमार भट्टराईले देशको सचिव वा मुख्य सचिवहरूको बढुवामा बेरुजुको मापदण्ड राख्न आवश्यक रहेको बताएका छन् । 

आज मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा सचिव भट्टराईले यस्तो बताएका हुन् । 

बेरुजु बढाउँदै हिँड्ने व्यक्ति देशको मुख्य सचिव हुँदा त्यो व्यक्तिले देशको सुशासन कायम गराउन नसक्ने उनको भनाइ छ । भट्टराईले न्यायाधीशको परीक्षामा फेल भएकाहरूलाई सरकारले न्यायाधीश बनाउनु देशका लागि विडम्बनापूर्ण अवस्था रहेको टिप्पणी गरेका छन् । 

उनले भने, ‘बेरुजुको हिसाबमा कस्ता मानिसहरू देशको सचिव वा मुख्य सचिव भएका होलान् । उनीहरूको बढुवामा कुनै आधार हुन्छ कि हुँदैन । उसले काम गरेको मन्त्रालय वा कार्यालयमा करोडौँको बेरुजु छ । बेरुजु बढाउँदै हिँड्ने व्यक्ति देशको मुख्य सचिव भयो भने उसले के सुशासनको कुरा गर्छ ? सरकारले न्यायाधीशको परीक्षामा फेल भएकाहरूलाई न्यायाधीश बनाउँछ । विडम्बना छ हाम्रो देशमा ।’

Tags :
प्रतिक्रिया दिनुहोस