सत्तारुढ दलकै केन्द्रीय नेतृत्वले कोशीको आन्दोलनमा घिउ थप्यो : मुख्यमन्त्री कार्की « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सत्तारुढ दलकै केन्द्रीय नेतृत्वले कोशीको आन्दोलनमा घिउ थप्यो : मुख्यमन्त्री कार्की


८ आश्विन २०८०, सोमबार


काठमाडौँ । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्तारुढ दलकै केन्द्रीय नेतृत्वले कोशीको आन्दोलनमा घिउ थपेको आरोप लगाएका छन् ।

संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका हुन् ।

सोमबार गृह मन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने काम केही राजनीतिक दलको केन्द्रीय नेतृत्वबाटै भएको आरोप लगाए।

प्रदेश सभाले राखेको नामको विपक्षमा केन्द्र सरकारका मन्त्री र सत्तारुढ दलका नेताहरुले अभिव्यक्ति दिएको र त्यसले आन्दोलनमा आगोमा घिउ थप्ने काम गरेको उनको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले प्रश्न गरे, ‘कुनै अमुक राजनीतिक राजनीतिक पार्टीले केन्द्रमा बसेर यहाँ (कोशीमा) संवैधानिक, कानुनी प्रक्रिया पूरा भएको नामलाई गलत भयो भनिदियो भने के हुन्छ ? (नामकरण गर्दा) संविधान मिचिएको हो कि होइन ? कानुन मिचिएको हो कि होइन ?’

उनले नेकपा माओवादी केन्द्रप्रति लक्षित गर्दै नामकरणमा मतदान गर्दा गल्ती भयो भन्ने लागे पनि बाहिर भन्न नमिल्ने बताए ।

पहिचानको आन्दोलनको नाममा नेकपा एमालेप्रति मात्र लक्षित गरिएको मुख्यमन्त्री कार्कीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस