एमाले कोशीको सचेतकमा कमला दर्नाल नियुक्त « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमाले कोशीको सचेतकमा कमला दर्नाल नियुक्त


८ आश्विन २०८०, सोमबार


काठमाडौँ । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको सचेतकमा कमला दर्नाल नियुक्त भएकी छन् ।

सचेतक सिर्जना राई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएपछि खाली रहेको सचेतकमा कमला दर्नाललाई पठाइएको हो । उनी तेह्रथुमबाट समानुपातिक तर्फकी सांसद हुन् । मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले कमलालाई सचेतक नियुक्त गरेका हुन् ।

यसअघि प्रमुख सचेतकमा भने रेवतीरमण भण्डारी नियुक्त भएका छन् । आजै मुख्यमन्त्री कार्कीले ४ जनालाई मन्त्री नियुक्त गर्दै छन् भने आजै नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस