प्रधानसेनापति शर्मा भारत जाँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानसेनापति शर्मा भारत जाँदै


४ आश्विन २०८०, बिहिबार


काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा तेह्रौँ संस्करणको इन्डो-प्यासिफिक क्षेत्रका सेना प्रमुखहरूको सम्मेलनमा भाग लिन भारत जाने भएका छन्।

प्रधानसेनापति शर्मा भारतको नयाँ दिल्लीमा असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ‘इन्डो-प्यासिफिक आर्मिज्स चिफ कन्फ्रेन्स’ (आइपिएसिसी) मा भाग लिन दिल्ली जान लागेका हुन्।

नेपाली सेनाका अनुसार उनी असोज ७ गते भारत प्रस्थान गर्नेछन्।

यस्तै, नेपाली सेनामा सहायक रथीको विशेष पदमा कार्यरत यमबहादुर अधिकारीको म्याद तीन वर्ष थप भएको छ। उनी पदावधि २०८० भदौ ३१ गते सकिए पनि सरकारले तीन वर्ष पदावधि थप गर्ने निर्णय गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस