२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखामा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने प्रधानमन्त्रीको इच्छा

अ+ अ-

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखामा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने आफ्नो इच्छा रहेको बताएका छन् । 

गोरखाको अजिरकोट गाउँपालिकाले आज भच्चेकमा आयोजना गरेको पालिकाभित्रका जनप्रतिनिधि, राजनीतिक दल तथा नागरिकसँगको अन्तर्क्रियाका क्रममा प्रधानमन्त्री दाहालले चीन सरकारले नेपालमा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने प्रस्ताव गरेको भन्दै उक्त पार्क गोरखामा निर्माण गर्ने इच्छा व्यक्त गरेका छन् ।

“आसन्न चीन भ्रमणका क्रममा नेपालको कृषि क्षेत्रको विकासको सन्दर्भमा पनि छ”, प्रधानमन्त्री दाहालले भने, “एउटा एग्रिकल्चर टेक्निकल पार्क बनाउने प्रस्ताव चीन सरकारको छ, त्यो पार्क कहाँ बनाउनेभन्दा अहिले मेरो निर्णय नै त होइन तर उक्त पार्क गोरखामा नै बनाउने इच्छा छ ।”

एग्रिकल्चर पार्कमा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि, पशुपालन र उद्योग पनि एउटै ठाउँमा केन्द्रित रहने गरी निर्माण गर्ने सोच आफ्नो रहेको उनले बताए । “पर्याप्त जमिन भयो भने गोरखामा मेरो आफ्नै निर्वाचन क्षेत्रमा एउटा ठूलो परियोजना निर्माण गरौँ, जसले हजारौँलाई रोजगारी दिन सकोस र यहाँको जनताको जीवनमा आमूल परिवर्तन ल्याउन सकोस् मेरो त्यतातर्फ ध्यान छ ।” प्रधानमन्त्री दाहालले भने ।

उनले यही कार्यकालमा मुलुकलाई सफल बनाउने गरी आफूले काम गरिरहेको बताए । “व्यवस्था फेरियो तर अवस्था फेरिएन भन्ने ठाउँबाट देशलाई व्यवस्था मात्र होइन अवस्था पनि फेरियो भन्ने ठाउँमा पुर्‍याउने काम अहिलेको पार्टी नेतृत्वबाट सम्भव छ”, प्रधानमन्त्री दाहालले भने ।