केही सिडिओसहित गृहका १० उपसचिवको सरुवा  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

केही सिडिओसहित गृहका १० उपसचिवको सरुवा 


२२ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १० जना उपसचिवहरूको सरुवा गरेको छ ।

गृह मन्त्रालयले शुक्रवार मातहतका सिडिओसहित उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार उपसचिव चेतराज बराललाई जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको प्रमुख जिल्ला अधिकारी बनाई पठाएको छ । यसै गरी त्यहाँकी प्रजिअ प्रदर्शनी कुमारीलाई जिल्ला प्रशासन कार्यालय भोजपुरको सप्रजिअमा सरुवा गर्दै गृहमा काजमा ल्याइएको छ । यसै गरी धनकुटाका सप्रजिअ अञ्जन न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय डडेलधुराको प्रजिअ, इलाका प्रहरी कार्यालय सिमराका जनकराज पन्तलाई मुस्ताङको प्रजिअ, पर्साका सप्रजिअ भिमकान्त पौडेललाई बाजुराको प्रजिअ र जिल्ला प्रशासन कार्यालय डडेलधुराका प्रजिअ विश्वराज न्यौपानेलाई जिल्ला प्रशासन पाँचथरको सप्रजिअमा सरुवा गर्दै गृहमा काज गरिएको छ । 

त्यस्तै उपसचिव ज्ञाननाथ ढकाललाई इलाका प्रशासन फर्पिङमा पदस्थापन गरिएको छ भने इलाका प्रशासन चन्द्रनिगाहपुरका सप्रजिअ झरेन्द्र प्रसाद चापागाईँलाई जिल्ला प्रशासन मकवानपुरको सहायक प्रजिअ, मकवानपुरका सप्रजिअ नेत्र प्रसाद शर्मालाई इलाका चन्द्रनिगाहपुर र मुस्ताङका प्रजिअ अनुप के.सी.लाई सप्रजिअ रौतहटमा सरुवा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस