पाकिस्तानसँगको खेलमा नेपाल पहिला बलिङ गर्दै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पाकिस्तानसँगको खेलमा नेपाल पहिला बलिङ गर्दै


१३ भाद्र २०८०, बुधबार


काठमाडौँ । एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँगकाे खेलमा टस हारेर पहिला बलिङ गर्ने भएकाे छ ।

मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पाकिस्तानका कप्तान बाबर आजमले पहिला ब्याटिङ गर्ने भएपछि नेपालले बलिङकाे निम्ताे पाएकाे हाे ।

१६ औँ संस्करणकाे एसिया कप आजदेखि शुरु भएकाे हाे । यस्तै नेपालले दाेस्राे खेलमा आउँदाे साेमवार भारतसँग खेल्दैछ । 

एसिया कप यही ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।

नेपालले गएको वैशाखमा घरेलु मैदान कीर्तिपुरमा एसीसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कप खेल्न लागेकाे हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस