एमसीसीका उपाध्यक्ष एलफोर्ड काठमाडौँमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमसीसीका उपाध्यक्ष एलफोर्ड काठमाडौँमा


१२ भाद्र २०८०, मंगलबार


काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आइपुगेका छन् ।

बुधबारबाट नेपालमा ऊर्जा र सडक पूर्वाधार विकासमा ५०० मिलियन अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी सम्झौता कार्यान्वयनमा जाँदैछ ।

सम्झौता अनुसार ५ वर्षमा परियोजना सम्पन्न गर्नेगरी कार्यान्वयनमा जाने मिति भदौ १३ अर्थात् बुधबार रहेको छ ।

यस अनुसार अब २०८५ साल भदौ १३ भित्रमा उक्त परियोजना सक्नुपर्ने हुन्छ । त्यसैलाई लक्षित गर्दै परियोजना ‘इन्ट्री इन्टु फोर्स’ जाने मितिमा एमसीसीका सम्झौता कार्य-सञ्चालन सम्बन्धी उपाध्यक्ष एलफोर्ड काठमाडौँ आएका हुन् ।

यसैबीच एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायत साना राजनीतिक दलका नेताहरूले भने एमसीसीको विरोध जनाउँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस