भदौ ११ गते संसदीय समितिका सभापतिको निर्वाचन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भदौ ११ गते संसदीय समितिका सभापतिको निर्वाचन


७ भाद्र २०८०, बिहिबार


काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गत गठित १० विषयगत समितिका सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरे समितिका सभापतिको निर्वाचन भदौ ११ गते दिउँसो ३ः०० बजे हुने जानकारी गराए । निर्वाचनका लागि प्रतिनिधि सभाका सचिव पदमप्रसाद पाण्डेयलाई जिम्मेवारी तोकिएको छ ।

यसैगरी प्रतिनिधिसभाको नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते निर्धारण गरिएको सभामुख घिमिरेले जानकारी गराए । त्यसका लागि भदौ ८ गतेभित्र लिखितरूपमा प्रश्न दिन सकिने छ । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १२ गते बिहान ११ः०० बजे बस्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस