सुन तस्करीको अनुसन्धान सीआईबीले नै निष्कर्षमा पुर्‍याउने गृहमन्त्रीको प्रष्टीकरण « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सुन तस्करीको अनुसन्धान सीआईबीले नै निष्कर्षमा पुर्‍याउने गृहमन्त्रीको प्रष्टीकरण


३ भाद्र २०८०, आइतबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै निष्कर्षमा पुर्‍याउने प्रष्टीकरण दिएका छन् ।

सिंहदरवारमा प्रधानमन्त्री(शीर्ष नेताको बैठकपछि बाहिरिने क्रममा उनले सदन सुचारु गर्ने विषयमा भोलिसम्म निष्कर्षमा पुगेर पर्सिसम्म निकास निस्किने विश्वास जनाए ।

उनले सङ्गठित अपराधअन्तर्गत मुद्दा अभियोजनको सीमा ६० दिन भएकाले अझै केही दिन बाँकी भएको बताएका छन् ।

‘सीआईबीले निष्कर्षमा पुर्‍याउँछ । समग्रतामा यसप्रकारको घटना नदोहोरियोस् भनेर विमानस्थल, भन्सारमा के(कस्तो प्रबन्ध गर्ने हो सबै बसेर साझा निष्कर्षमा पुग्न सकियोस् । कुनै कन्फ्युजन नहोस् सीआईबीले नै टुङ्ग्याउँछ’, श्रेष्ठले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस