पाँच एआईजीको सरुवा, हेर्नुस् को कहाँ ?  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

पाँच एआईजीको सरुवा, हेर्नुस् को कहाँ ? 


२ भाद्र २०८०, शनिबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीका पाँच अतिरिक्त महानिरीक्षक (एआइजी)हरूको सरुवा भएको छ।

मन्त्रिपरिषद् बैठकले एआइजीहरूको सरुवा गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ। गृह मन्त्रालयले पाँच जना एआइजी टेकप्रसाद राई, मीरा चौधरी, श्यामलाल ज्ञवाली र दीपक थापा, सन्दीप भण्डारीलाई सरुवा गरेको हो।

स्रोतका अनुसार उपत्यका प्रहरीको प्रमुखमा थापा सरुवा भएका छन्। यसअघि त्यहाँ रहेका ज्ञवालीको कार्य विभागमा सरुवा भएको छ। त्यस्तै, प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारीको सरुवा भएको छ। दीपक थापा सरुवा भएपछि प्रशासन विभागमा मीरा चौधरी सरुवा भएकी छन्।

मानव स्रोत विभागमा टेकबहादुर राईको सरुवा भएको स्रोतले जनाएको छ। यसैबीच काठमाडौँ, ललितपुर र अपराध महाशाखाका एसएसपीहरूको सरुवाको तयारी पनि भइरहेको छ।

स्रोतका अनुसार काठमाडौँमा भूपेन्द्र खत्री, ललितपुरमा दिनेश आचार्य र अपराध महाशाखामा सोमेन्द्रसिंह राठौरलाई ल्याउने तयारी भइरहेको छ।

देउवाको दबाबले चार महिनामै एआइजीहरूको सरुवा भएको हो। गत चैतमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट एआइजीमा बढुवा भएका एआइजीहरूलाई २०७९ चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले पदस्थापन गरेको थियो। प्रहरी नियमावलीअनुसार कम्तीमा एक वर्षसम्म सरुवा गर्न मिल्दैन।

Tags :
प्रतिक्रिया दिनुहोस