कोशी प्रदेशसभाका ज्येष्ठ सदस्य मण्डल राज्यमन्त्री नियुक्त « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

कोशी प्रदेशसभाका ज्येष्ठ सदस्य मण्डल राज्यमन्त्री नियुक्त


३१ श्रावण २०८०, बुधबार


काठमाडौँ । नेपाली कांग्रेसका कोसी प्रदेशसभा सदस्य गयानन्द मण्डल कृषि राज्यमन्त्री नियुक्त भएका छन् ।‌

 मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री नियुक्त गरेका हुन्। 

मण्डलले बुधबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएसँगै गठबन्धनको बहुमत पुगेपछि कांग्रेसका उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । थापाले भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नु पर्छ ।‌ 

Tags :
प्रतिक्रिया दिनुहोस