‘ल्हारक्यालको नियुक्तिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौँ’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘ल्हारक्यालको नियुक्तिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौँ’


२९ श्रावण २०८०, सोमबार


काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्यालको नियुक्तिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको बताएका छन् ।

सोमबार काँग्रेस संसदीय दलको बैठकमा उनले ल्हारक्यालको नियुक्तिबारे आफूले पछि मात्र थाहा पाएको बताएका एक नेताले जानकारी दिए ।

सोमबारको बैठकमा नेताहरुले ल्हारक्यालको नियुक्तिबारे प्रश्न उठाएका थिए ।

जवाफ दिने क्रममा काँग्रेस उपसभापतिसमेत रहेका खड्काले भने उक्त निर्णयबारे थाहा पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको बताएका छन् ।

‘मन्त्री भइसक्नुभएका कतिपय माननीयलाई थाहा छ । कुनै निर्णयहरू सम्बन्धित मन्त्रालयका मन्त्रीबाहेक अरूलाई थाहा हुँदैन, प्रधानमन्त्री र मुख्यसचिव बसेर निर्णय लेखाउँछन्, हामीलाई थाहा नै हुँदैन, थाहा भएपछि प्रधानमन्त्रीको ध्यानाकृष्ट गराएका छौँ’, खड्काको भनाइ उधृत गर्दै काँग्रेसका एक सांसदले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस