कर्मचारीहरूको क्षमता वृद्धिका लागि सरकारले सहयोग गर्छ : मन्त्री महत « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

कर्मचारीहरूको क्षमता वृद्धिका लागि सरकारले सहयोग गर्छ : मन्त्री महत


२८ श्रावण २०८०, आइतबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

भन्सार विभागले आज आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री महतले भन्सार कार्यालयको स्तरवृद्धि र कर्मचारीहरूको क्षमता वृद्धिका लागि सरकारले पूरा सहयोग गर्ने बताए ।

उनले हरेक कार्यालयलाई एक्सन प्लान बनाएर काम गर्न पनि निर्देशन दिए । साना भन्सार कार्यालयका कर्मचारीहरूलाई आफूलाई सानो नठान्न आग्रह गर्दै उनले भने, ‘तपाईँहरू गहन जिम्मेवारीमा हुनुहुन्छ । जेजे जिम्मेवारी दिएको छ उच्च सतर्कताका साथ काम गर्नुहोला ।’

भन्सारका कर्मचारीहरूलाई एक अर्कालाई विश्वास गर्दै निगरानी पनि गर्नसमेत निर्देशन दिएका छन् ।

उनले भने, ‘कार्यालय प्रमुख र अरु, एक-अर्कालाई ‘ट्रस्ट बट चेक’ भन्याजस्तै त्यहाँभित्र पनि चेक एण्ड ब्यालेन्सको कुराहरू तपाईँहरूले गर्नुहोला ।’

भन्सार छली र अवैधानिक काम नहोस् भन्नेमा सतर्क रहन निर्देशन पनि उनले दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस